शारीरिक सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या, यसरी भएको थियो हत्या

शारीरिक सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या, यसरी भएको थियो हत्या

  • आइतवार, साउन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

६ साउन, वीरगञ्ज ।

पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरमा मृत भेटिएकी सन्केसा भन्ने १८ बर्षीया भारतीय युवती वनिताकुमारी चौधरीको हत्या आफ्नै प्रेमीले गरेको खुलेको छ । वनिताको शव ३१ असारमा गंगोली भन्ने भलुवाई खोलामा भेटिएको थियो ।

जगरनाथपुरमा नातामा काका पर्ने हिरामन भन्ने नरसिंह चौधरीको घरमा बस्दै आएकी भारत पश्चिम चम्पारण बरगाँव, थाना वगाहा पिपरिया-११ की वनिताकाे कपडा, औठीलगायतका आधारमा आफन्तले शव पहिचान गरेको थियो । हत्याको आरोपमा वनिताको प्रेमी जगरनाथपुर गाउँपालिका ४ सुहपुरका १९ वर्षीय प्रमेन्द्र चौधरी पक्राउ परेका छन् ।

असार २८ गते दिउँसो २ बजे हराएकी वनिताको शव तीन दिनपछि भेटियो । बाबु, आमा तथा काका काकीलाई शवको तस्वीर, घटनास्थलमा प्राप्त कपडा, औठी तथा कानको बाला देखाएपछि उक्त शव वनिताकै भएको पहिचान गरिएको थियो ।

हत्याको आरोपमा पक्राउ परेका प्रमेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज सार्वजनिक गरेको छ । प्रमोद र बनिता ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । उनीहरुबीच नियमित फोन सम्पर्क हुनुका साथै भेटघाट हुने गथ्र्यो ।

प्रमेन्द्र रोजगारीको लागि गोरखामा मिस्त्री (डकर्मी) काम गर्दै आएका थिए । घटनाको अघिल्लो दिन २७ गते बेलुका मात्र उनी गोरखाबाट गाउँ आएकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुको असार २८ गते भलुवाई खोलाको छेउ खरबारीमा भेट्ने योजना थियो । सहमतिअनुसार मध्यान्ह १२ बजेतिर खरबारीमा भेटे । त्यसक्रममा उनीहरुले सहमतिमै शारीरिक सम्बन्ध बनाए । तर, प्रमेन्द्रले पुन यौन सम्बन्ध राख्न खोज्दा बनिताले इन्कार गर्दै घर जान खोजेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

प्रमेन्द्रले आवेशमा आएर वनितालाई उनकै सलको पासो लगाएर हत्या गरेको प्रहरीको दाबी छ ।

हत्यापछि वनिताको शवलाई घिसारेर खोलाको किनारमा रहेको खाडलमा हालेर भागेका थिए । सुहपुरस्थिर घरबाटै पक्राउ परेका उनले अभियोग स्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ