विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको निधन

विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको निधन

  • आइतवार, साउन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ६ साउन।  विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा निधन भएको छ ।

सिंहको काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । पिसाब सम्बन्धी समस्या र पछि निमोनिया देखिएको भए पनि हृदयाघातका कारण सिंहको निधन भएको बयोधा अस्पतालले जानकारी दिएको छ ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रद्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दू महासंघले जानकारी दिएको छ ।

आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका सिंह तत्कालीन राजाका एडीसीसमेत हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ