काठमाडौं, ५ साउन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांक हेर्दा यसरी सवारीसाधन चलाउनेहरुको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७४-७५ मा जाँडरक्सी खाएर सवारी साधन चलाएपछि ३२ हजार २ सय ९२ जना कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७३÷०७४मा २८ हजार ८ सय ९६ जना यस्तो कारबाहीमा परेका थिए ।
महाशाखाका अनुसार आर्थिक वर्ष २०७४-७५ मा कारबाहीमा परेका ३२ हजार २ सय ९२ जना मध्ये २८ हजार १ सय ११ जनालाई सडक सचेतना सुरक्षासम्बन्धी कक्षामा सहभागी गराइएको छ । यसैगरी लेन अनुशासनको कारबाहीमा परेका ४९ हजार ७ जनामध्ये ४८ हजार ९ सय ९७ जना सडक सचेतना कक्षामा सहभागी भएका छन् ।
टफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५८ महिला चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भेटिएपछि उनीहरुलाई कारबाही गरिएको छ । तर पुरुषको संख्या भने ३३ हजार २ सय ३४ छ ।
सरकारी सवारी चालक र एम्बुलेन्स चालक नै बेला–बेला मापसे कारबाहीमा पर्नु लापरबाहीको पराकाष्ठा पनि हो ।
दुर्घटना न्यूनिकरणलाई मध्यनजर गर्दै ट्राफिक नियमबारे सडक प्रयोगकर्तामा ज्ञानको अभाव तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारबाहीमा परेका सवारी चालकहरुका अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरिँदै आएको छ ।