मेयरसाबको दादागिरीः उपमेयर, वडासदस्य र कर्मचारीमाथि कुटपिट

मेयरसाबको दादागिरीः उपमेयर, वडासदस्य र कर्मचारीमाथि कुटपिट

  • शनिबार, साउन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

सिरहा,५ साउन । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले विहीबार जिन्सी शाखा प्रमुख बलिराम यादवलाई कुटपिट गरेका छन् ।

आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला उनले यादबको गालामा थप्पड हानेका हुन । नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन दाखिला गर्न मेयर पासवानले जिन्सी शाखा प्रमुखलाई दबाब दिंदै आएका थिए ।

बिलबेगर सामानको दाखिला गर्न नमिल्ने भनेपछि मेयरसाबले नियमसियम जे भए पनि मैले भनेको गर भन्दै जेसिबी दाखिला गर्न दबाब दिंदै आएको यादवले बताए ।

‘बिलमा समानको विवरण, खरिद मिति र खरिद रकम सबै उल्लेख हुन्छ,’यादवले भने, ‘बिल नै नभएको सामान कसरी दाखिला गर्नु ? दाखिला नभएसम्म सामानको भुक्तानी दिन मिल्दैन ।’

चार दिन अगाडी नगरपालिकामा खरिद भइ आएको जेसिबीको भुक्तानका लागि मेयर पासवानले हतार गर्दै आएका थिए । तर यादवले भ्याट बिल नभई दाखिला नगर्ने अडान लिएपछि मेयर पासवान हातपातमा उत्रेका हुन ।

कर्जन्हा नगरपालिकाका मेयर पासवानले केही समय अगाडी वडा नम्बर २ का वडासदस्य खगेन्द्र लोकान्द्रे(विक)माथि समेत हातपात गरेका थिए । विकमाथि हातपात गर्दा बचाउन खोज्दा आफूमाथि पनि हातपात गरेको उपमेयर ज्ञानु श्रेष्ठले बताइन । -नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ