काठमाडौं, ५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ ।
भारतीय संसदको तल्लो सदन लोकसभामा निर्णयार्थ पेश भएको अविश्वास प्रस्तावको पक्षमा १२६ सांसद तथा विपक्षमा ३२५ सांसदले समर्थन गरेका थिए ।
सन् २०१४ मा सत्ता सम्हालेयता मोदीविरुद्ध पहिलो पटक संसदमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान नै गरिएको थियो ।
मतदान पूर्व प्रधानमन्त्री मोदीले सदनमा प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गर्नुभयो । विपक्षीसँग कुनै मुद्दा नभएपछि मोदी हटाउ मुद्दामा ओर्लेको उहाँको टिप्पणी थियो ।
प्रधानमन्त्री मोदीले बोलिरहँदा तेलूगु देशम पार्टी र अरु विपक्षी दलका सांसदले नाराबाजी गरेका थिए । विपक्षी सांसदहरुले भने मोदीको आलोचना गर्दै उहाँ विश्वकै उत्कृष्ट अभिनेता रहेको बताएका थिए ।
५४३ सिट रहेको लोकसभामा भाजपा एक्लैको बहुमत रहेको छ । जसको २७२ं सांसद छन् ।