काठमाडौँ, ४ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दिपकप्रकाश महराले पारिवारिक कारण देखाउदै राजीनामा दिएका छन् ।
कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले आन्दोलनसँग जोडेर नहेर्न आग्रह गर्दै राजीनामा दिएका छन् । पारिवारीक कारणले दिनुपरेको प्रतिक्रिया दिदै उनले आफ्नो राजीनामालाई लिएर जारी आन्दोलनसँग नजोड्न पनि अपिल गरेका छन् ।
त्रिविले शिक्षण अस्पतालमा नयाँ निर्देशक चयन गर्नका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश अग्रवालको अध्यक्षतामा समिति समेत बनाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशकको अवधि चार वर्षको हुन्छ । उनी सन् २०१४ मा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline