अब कर्मचारीको तलब स्थानीय तहबाटै

अब कर्मचारीको तलब स्थानीय तहबाटै

  • शुक्रबार, साउन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ, साउन ४ ।
सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ ।

स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि पहिल्यैको कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नजाने गरेको पाइएको उहाँले बताउनुभयो ।

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी