डा. केसीका समर्थक डाक्टर र नर्सको टाउकैटाउकामा प्रहरीले यसरी हान्यो (हेर्नुहोस् भिडियोमा)

डा. केसीका समर्थक डाक्टर र नर्सको टाउकैटाउकामा प्रहरीले यसरी हान्यो (हेर्नुहोस् भिडियोमा)

  • शुक्रबार, साउन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

४ साउन,काठमाडौँ ।

डा. गोविन्द केसीलाई सरकारले काठमाडाँै ल्याएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा २० दिन पहिले अनसन बसेका डा. केसीलाई सरकारको निर्णय अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

विहीबार दिनभर जुम्लामा तनावपूर्ण बन्यो । डा. केसीलाई जबरजस्त लिन खोजेपछि प्रतिस्ठानका चिकित्सक, विद्यार्थीका साथै स्थानीयले दिनभर विरोध प्रदर्शन गरे । जुम्ला बजार बन्द गरेर विरोधमा उत्रे स्थानीयबासी ।

सेनाको हेलिकोप्टर जुम्ला पुग्नासाथ प्रहरीको टोली प्रतिस्ठान पुगेर बल प्रयोग गर्यो । त्यो क्रममा चिकित्सक र विद्यार्थीहरुले अवरोध गरे । प्रहरीले अश्रग्यास, लाठी प्रहार गर्यो । दर्जनौं घाइते भए ।

प्रहरीले चर्को दमन गरेपछि डा. केसीले आफ्ना समर्थकलाई कुटेको हेर्नुभन्दा आफू काठमाडौँ जान तयार भएको बताए । त्यसपछि पनि प्रहरीले लाठी प्रहार गरिरह्यो ।

प्रहरीले गोली नै चलायो । उक्त गोली लागेर प्रहरीलाई नै लाग्यो । प्रहरीले माइकिङ नै गरेर एक जना सहकर्मीको मृत्यु भन्यो । जसले वातावरण थप आतंकित भयो । वातावरण आतंकित बनाएर डा. केसीलाई काठमाडौँ जान्छु भन्न लगाउने प्रहरीको योजना सफल भयो । तर, प्रहरीले नै विज्ञप्ति निकालेर संचारमाध्यमहरुमाथि मानवीय संवेदनालाई ख्याल नगरी जिउँदै मान्छेलाई मरेको भनेर समाचार सम्प्रेशण गरेको आरोप लगाइयो ।

स्वास्थ्य संस्थाभित्र प्रहरीले दमनले रणमैदानमा बन्यो । प्रहरीले नर्स र डाक्टरलाई यसरी दुव्र्यवहार गर्दै टाउकाटाउका लाठीले यसरी हान्यो ।
हेर्नुहोस् यो भिडियो

https://www.facebook.com/mirmireonline3/videos/1849110368529203/?t=10

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ