२ सय २८ दिनपछि रिहा भएका नेकपा नेताहरुलाई विप्लवको किताब उपहार

२ सय २८ दिनपछि रिहा भएका नेकपा नेताहरुलाई विप्लवको किताब उपहार

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

३ साउन,उदयपुर । नेपाल कम्युनिस्ट पार्टीले उदयपुर सेक्रेटरी बाबुराम सुवेदीसहित दुई जनालाई भव्य स्वगत तथा अभिनन्दन गरेको छ । सेक्रेटरी २ सय २८ दिनपछि प्रहरी हिरासतबाट रिहा भएका थिए ।

प्रहरीले २०७४ मंसिर १३ गते गिरफ्तार गरी झुटा मुद्दा लगाएर हिरासत राखेको थियो । बिराटनगर उच्च अदालतको आदेशमा सुवेदीलाई रिहा गरिएको हो । बेलका नगरपालिका वडा नं. ५ बाट गिरफ्तार गरिएका सुवेदीलाई २०७५ असार १४ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले कारागार भित्रैबाट पूनः गिरफ्तार गरी सुनसरी धरान वडा प्रहरी कार्यालयमा राखिएको थियो ।

अभिनन्दन कार्यक्रममा बोल्दै सुवेदीले जेललाई आफूले संघर्षको एउटा मोर्चाको रुपमा लिएका बताउँदै जनताको मुक्तिको लागि अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरे ।

अभिनन्दन कार्यक्रममा नेकपाका महासचिव विप्लवद्वारा लेखित ‘वैज्ञानिक समाजवाद’ पुस्तक उपहारस्वरुप दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ