काठमाण्डौ, ३ साउन ।
नेपाल प्रहरीले जुम्लामा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको भन्नेबारे केहि सन्चार माध्यमले समाचार प्रकाशन प्रसारण गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठा उपरिक्षक शलेश थापा क्षत्रीले बिहिवार साझ बिज्ञप्ती जारी गरेर बिज्ञप्ती जारी गर्दै जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनशनरत डा गोविन्द केसीलाई काठमाण्डौ ल्याउने क्रममा प्रतिस्ठान हाताभित्र प्रहरीमाथि सिसा तथा चिर्पट प्रहार गरीएको र सोहि क्रममा तीन जना प्रहरी घाईते भएको बताउनु भएको छ ।
सोहि क्रममा प्रहरी जवान कमल आचार्यको छातिमा सिसा र प्रहार गरीएको चिर्पटमा रहेको किला गाडिएर गम्भिर घाईते भएको अवस्थामा प्रतिष्ठानमा नै उपचार भईरहेको पनि उहाँले जानकारी गराउनु भएको छ ।
सोहि घटनालाई लिएर कतिपय अनलाईन र न्युज च्यानलहरुमा प्रहरीले गोली प्रहार गरेको र एक जना प्रहरीको मृत्यु भएके भन्ने समाचारहरु प्रशित भएकोमा नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको जनाउदै उहाँले प्रहरीबाट गोली नचलाएको र हालसम्म कोहि पनि हताहत नभएको पनि जानकारी दिनुभएको छ ।
बिज्ञप्तीमा समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संपे्रषण गर्ने र मृत्यु जस्तो मानविय संवेदनाको बिषयमा सूचनाको आधिकारीक पुष्टी समेत नगरि समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवम भावनात्मक आघात पर्ने भएकाले गम्भिर बन्न समेत आग्रह गरिएको छ ।
