काठमाण्डौ, ३ साउन ।
चिकित्सा शिक्षा क्षेत्रको सधारको माग राख्दै जुम्लामा २० दिन अनशन बस्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याएको छ ।
जुम्लाबाट सुर्खेत हुँदै डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो ।
काठमाण्डौ फर्कनुअघि केसीले प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरि दुख दिएकोेले आफु काठमाण्डांै फर्कन बाध्य भएको बताउनु भएको थियो ।
पत्रकार सम्मेलनको आयोजना गरी केसीले बिद्यार्थी र चिकित्सकमाथि प्रहरीले बल प्रयोग गरेर घाईते बनाएकोप्रति दुख ब्यक्त गर्नुभयो ।
केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू काठमाडौं फर्कन बाध्य भएको प्रतिकृया दिनुभयो ।
उहाँले जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह काठमाण्डौमा पनि जारी रहने बताउनुभयो ।
यता केसी काठमाडौँ ल्याइएसँगै उनको उपचार गरिने अस्पतालबारे भने प्रश्न उठेको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई सरकारले काठमाडौँ ल्याउने भएपछि बिहीबार बिहानै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र आईएमओका डिनलाई शिक्षण अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिनुभएके थियो ।
तर, गृहसचिव प्रेमकुमार राईले भने सरकारले केसीको उपचारका लागि वीर अस्पताल तयारी अवस्थामा राखिएको बताउनु भयो ।
राईले वीर अस्पताल तयारी अवस्थामा राखिए पनि केसीको इच्छा अनुसार उहाँको उपचार गरिने बताउनु भयो ।
अर्का्तिर नेपाली सेनाको छाउनस्थित सैनिक अस्पतालमा पनि केसीको उपचारका हुने बताइएको छ । तर, सेनाको अस्पतालमा लैजाँदा नकारात्मक सन्देश जान सक्ने भएकाले वीर या शिक्षण अस्पतालमा केसीलाई राखिने सम्भावना छ ।
यसअघि बुधवार राति बसेको सत्तारुढ नेकपाको बैठकले अनसनरत केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको थियो ।