बलात्कारको परिभाषा बदलियाेः अदालतले गर्याे फैसला, बिहे गर्दैमा मनलाग्दी सम्भोग पाइँदैन

बलात्कारको परिभाषा बदलियाेः अदालतले गर्याे फैसला, बिहे गर्दैमा मनलाग्दी सम्भोग पाइँदैन

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी ।

बिवाहित महिलाहरू पनि याैन हिँसाकाे सिकार भएका हुन्छन् , त्याे पनि अाफ्नै पतिबाट । बिवाहपछि सारीरीक सम्बन्धका लागि बैधानिकता पाएकाे मान्यता अनुरूप श्रीमतीकाे इच्छा विपरित पतिले याैन सम्बन्ध राख्ने गरेकाे हुन्छ ।

अाफ्नै श्रीमानबाट हिंसामा परेका महिलाहरूले यसबारे खुलेर भने बाेल्दैनन् । पछिल्लाे समय भने कहिले काहिँ यस्ता घटना बाहिर पनि अाउने गरेकाे छ ।

तर वैवाहिक बलात्कारलाई अपराध किटान गर्न माग गर्दै दायर गरिएको निवेदनमा फैसला गर्दै अदालतले वर्तमानमा बलात्कारको परिभाषा नै बदलिएको भन्दै महत्वपूर्ण फैसला गरेकाे छ ।

विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ ।

अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् ।

साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ ।

अदालतका अनुसार दाम्पत्य जिवनमा लोग्ने र स्वास्नी दुवैलाई यौन सम्पर्क का लागि नाइँ भन्ने अधिकार हुन्छ ।

वैवाहिक बलात्कारलाई अपराध किटान गर्न माग गर्दै दायर गरिएको निवेदनमा फैसला गर्दै अदालतले भनेको छ कि बलात्कार नहुनका लागि पुरुषले यौन सम्पर्कका लागि महिलाले सहमति दिएको सावित गर्नुपर्दछ ।

पुरुष अधिकारवादी संस्था मेन वेलफेयर ट्रस्टको दाबी खारेज गर्दै अदालतले वैवाहिक बलात्कारमा बल प्रयोग अनिवार्य नहुने पनि बताएको छ । संस्थाले पति पत्नीबीचको यौन सम्पर्क बलात्कार हुनका लागि लोग्नेद्वारा बलजफ्ती गरेको वा धम्की दिएको अवस्था हुनुपर्ने जिकिर गरेको थियो । तर अदालतले वर्तमानमा बलात्कारको परिभाषा नै बदलिएको भन्दै बलात्कृत महिलामा घाउचोट हुनैपर्छ भन्ने नरहेको ठहर गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ