साढे ६ हजार ऋणी कालोसूचीमा, २११ प्रतिशतले खराब कर्जा बढ्यो: कुन कुन कम्पनी परे कालोसूचीमा ?

साढे ६ हजार ऋणी कालोसूचीमा, २११ प्रतिशतले खराब कर्जा बढ्यो: कुन कुन कम्पनी परे कालोसूचीमा ?

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

२ साउन, काठमाडौं । वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने ६ हजार ४ सय ५४ जना ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।

आर्थिक वर्ष ०७४/७५ को असार मसान्तसम्म विभिन्न बैंकहरुबाट कर्जा लिएर नतिर्ने ६ हजार ४ सय ५४ कम्पनी र तिनका मालिकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।

०४६ सालदेखि कर्जा तिर्न नसकेका व्यक्ति तथा कम्पनीलाई कालोसूचीमा राख्दै आएको केन्द्रले त्यस्ता  ऋणीको संख्या वर्षेनी बढ्दै गएको पनि जनाएकाे छ ।

कर्जा नतिरेर कालोसूचीमा परे पनि पछि कर्जा चुक्ता भइसकेपश्चात केन्द्रले कालोसूचीबाट हटाउने गरेको छ ।

कर्जा सूचना केन्द्रले आर्थिक वर्ष ०४६/४७ मा २६ वटा कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

जसमा सबैभन्दा पुरानो हेटौंडा लेदर इन्डष्ट्रिज देखिएको छ । यस कम्पनीलाई केन्द्रले ०४६ फागुन २१ गते कालोसूचीमा राखेको थियो । हालसम्म पनि यो कम्पनी कालोसूचीमा नै रहेको छ ।

यसैगरी केवल एण्ड प्लाष्टिक प्रालि, सिर्जना पानी मिल, सरयुगदास मथुराप्रसाद, काठमाडौं अटोमोवाइल डिस्टि्रव्यूटर्स प्रालि, निलम हृयाचेरी प्रालि, गणेश इन्टरनेशनल ट्रेड इन्टरप्राइजेज, एभरेष्ट हृयाण्डि क्राफ्ट, अल्का ट्राफिक कन्सर्न, यति कन्फेक्टीनरी उद्योग, मिलम फिड प्रोडक्ट्स, मिलम हृयातचेरी उद्योग कालोसूचीमा परेका छन् ।

सोही आर्थिक वर्षको असार महिनामात्रै ओम लघु खाद्य उद्योग, पशुपति दाल उद्योग, पशुपति काष्ठ उद्योग, पशुपति तेल उद्योग, राधाकृष्णप्रसाद कलवार, रञ्जना इन्टरप्राइजेज, शोभा इन्टरप्राइजेज, दुर्गा दाल एण्ड तेल मिल, माइती इन्टरप्राइजेज, नारायणी राइज मिल, माइती काक्ष्ठ उद्योग, पुष्प गलैचा उद्योग कालोसूचीमा परेका थिए ।

केन्द्रले कम्पनी र तिनका सञ्चालकको नाम समेत उल्लेख गरेर कालोसूचीमा राखेको छ ।भने यीनीहरू हालसम्म पनि कालोसूचीबाट हट्न सकेका छैनन् ।

यता आर्थिक वर्ष २०४६/४७ देखि निरन्तर रुपमा हरेक वर्ष ऋण नतिर्ने र कालोसूचीमा पर्नेको संख्या बढेको छ । कालोसूचीमा पर्नेको संख्या आर्थिक वर्ष २०७३/७४ भन्दा ०७४/७५ मा अाइपुग्दा  २ सय ११ प्रतिशतले वृद्धि भएको सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ हजार ३ सय १३ वटा कम्पनी र तिनका सञ्चालक कालोसूचीमा परेका छन् । अघिल्लो वर्ष भने जम्मा ६ सय ९२ जना मात्रै कालोसूचीमा परेका थिए ।चालु आर्थिक वर्षको असार महिना नै यस वर्षको धेरै कालोसूचीमा पर्ने महिना हुने सम्भावना देखिएको छ । असार महिनाको १ गतेदेखि २४ गतेसम्म मात्रै १ सय ३४ जनालाई सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

प्राय  धेरैजसो अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्ने र कर्जा तिर्न नसके पछि कालोसूचमिा पर्ने राष्ट्र बैंकको दाबी छ । यद्यपि, धेरै उत्पादनमूलक उद्योग र तिनका सञ्चालक समेत कालोसूचीमा पर्ने गरेको सूचना केन्द्रले जनाएको छ ।

विशेष गरेर शेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसकेपछि कालोसूचीमा धेरैको नाम समावेश हुने गरेको जानकारहरु बताउँछन् ।

केन्द्रको कालो सूचनामा ठूला-ठूला व्यापारिक घरानाका व्यक्तिहरु र तिनीहरुको कम्पनीसमेत पर्ने गरेकाेमा असार महिनामा केन्ऽको कालोसूचीमा एयर एशिया प्रालिको जनरल सेल्स एजेन्ट (जीएसए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामासमेत परेका छन् । इन्सेन्टिभ ट्राभल्स एन्ड टूर्सका हरिमानसहित गणेशमान लामा र किरण खड्कासमेत कालोसूचीमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी