‘एमबीबीएस’मा गोल्ड मेडल हासिल गरेकी हिना बनिन् भिक्षु, यस्ताे छ कारण

‘एमबीबीएस’मा गोल्ड मेडल हासिल गरेकी हिना बनिन् भिक्षु, यस्ताे छ कारण

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.1K
    SHARES

एजेन्सी । एमबीबीएस तहको अध्ययन पुरा गरिसकेपछि हरेक विद्यार्थीहरूलाइ भविष्यको खास चिन्ता हुँदैन ।उनीहरु चिकित्सक बन्ने अन्तिम चरणमा पुगिसकेकाले चिकित्सा सेवामा सुनिश्चित सुनौलो भविष्य देखेका हुन्छन् ।

तर एमबीबीएसको अध्ययन पुरा गरिसकेर चिकित्सा अभ्याससमेत पार गरेकी एक छात्राले चिकित्सा सेवामा सुनिश्चित सुनौलो भविष्यलाई आश्चर्यजनक ढंगले लत्याउँदै सन्यासी जीवनमा प्रवेश गरेकी छन् ।

भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी हिना हिंगडले जैन भिक्षु जीवनमा आफूलाई प्रवेश गराएकी हुन् । उनले सूरतमा बुधबार औपचारिक रुपमा जैन परम्परा अनुसार दीक्षा ग्रहण गर्दै भिक्षु जीवनमा पाइला टेकेकी हुन् । भिक्षु भएसँगै उनको पहिचान परिवर्तन भएको छ । उनलाई अब साध्वी विशारदमाल नामले चिनिने छ ।

भारतीय संचारमाध्यमका अनुसार उनले केही वर्षअघि देखि नै परिवारका सदस्यसँग भिक्षु जीवनमा प्रवेशका लागि अनुमति मागेकी थिइन् । तर परिवारका सदस्यले अनुमति दिएको थिएन । उनी परिवारका सदस्यहरुको आकांक्षा र सुझावलाई उपेक्षा गर्दै सांसारिक मोहबाट टाढा पुगेकी हुन् ।

उनले आध्यात्मिक गुरु आचार्य विजय यशोवर्मा सुरेश्वरजी महाराजबाट दीक्षा लिएकी हुन् । दीक्षा लिनुअघि उनले ४८ दिनसम्म ध्यान गरेको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी