टर्कीमा दुई बर्षदेखि जारी संकटका अन्त्यको घोषण, झन्डै पचास हजार व्यक्ति अझै थुनामा

टर्कीमा दुई बर्षदेखि जारी संकटका अन्त्यको घोषण, झन्डै पचास हजार व्यक्ति अझै थुनामा

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं,  ३ साउन । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटका अन्त्यको घोषण गरेको छ ।

राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो ।

यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ ।

संकटकालीन अवस्थाको दौरान एक लाख भन्दा बढि व्यक्तिहरुलाई  जागिरबाट पनि बर्खास्त गरिएको थियो ।

अहिले पनि झण्डै पचास हजार व्यक्ति थुनामा रहेको  अन्तर्राष्ट्रि संस्थाहरुले बताएका छन् ।

थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ ।

सन् २०१६ मा भएको एक असफल सैन्य विद्रोहमा संसदलाई कब्जा गर्ने प्रयास गरिएको थियो ।

त्यसक्रममा झण्डै २ सय ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको थियो ।

चुनावी दौरानको क्रममा विपक्षी उमेद्वारहरुले पनि संकटकालीन अबस्थाको अन्त्य गर्ने विषयलाई मुद्दा बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ