दुखद ख़बर – जिप पल्टिँदा पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ घाइते

दुखद ख़बर – जिप पल्टिँदा पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ घाइते

  • बुधबार, साउन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

बागलुङ, २ साउन ।

बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा पल्टिँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी साँढे ६ बजे गलकोट नगरपालिका-९ रिघामा जिप पल्टेको हो ।

ध १ ज १४९ नम्बरको जिपमा सवार मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरका निरिक्षक मनबहादुर बिकले बताए । अन्य १० जनालाई गलकोटमै उपचार गराइएको छ ।
मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ