फौजदारी मुद्धा बढि: यस्ताे छ जिल्ला अदालतको मुद्धा फैसलामा प्रगति

फौजदारी मुद्धा बढि: यस्ताे छ जिल्ला अदालतको मुद्धा फैसलामा प्रगति

  • बुधबार, साउन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

२ श्रावण, ताप्लेजुङ । 

ताप्लेजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०७४/०७५ को कुल ४०० मुद्धामध्ये ८०.५ प्रतिशत (३२२) मुद्धाको फैसला गरेको छ ।
बुधबार पत्रकारसँग कुरा गर्दै जिल्ला न्यायधिस कृपासुर कार्कीले यसवर्ष ४ सय मुद्धा मध्ये ३२२ मुद्धाको र्फछ्यौट गरिएको र ७८ मुद्धा बाँकी रहेको बताए । आर्थिक वर्ष २०७३/०७४ भन्दा १३ प्रातिशत बढि मुद्धा यस वर्ष फछ्र्यौट गरिएको हो । यस वर्ष नयाँ मुद्धा दर्ता २४५, अघिल्लो वर्षबाट जिम्मेवारी सरेका १४८, पुनरावेदनका मुद्धा ५, रिट निवेदन २ गरी जम्मा ४०० मुद्धा थिए । ‘बाँकी रहेका ७८ मुद्धालाई पनि छिटो फैसला गरिनेछ ।’ कार्कीको भनाई छ ।
मुद्धा हेर्ने कानुन ब्यबसायी र अवश्यक कागजात जुटाउनमा ढीलासुस्ती हुनु, मुद्धा फैसला गर्न ढीलाई हुनुका कारण हुन् । विभिन्न मुद्धाहरू प्राय थप कागजात नजुटाईएको र कानुन ब्यबसायीका कारण लम्बिने गरेकाे पाइएकाे छ।
ताप्लेजुङ जिल्ला अदालतको पछिल्लो तथ्याङ्क अनुसार, ताप्लेजुङमा सबैभन्दा बढि फौजदारी मुद्धा दर्ता भए । फौजदारी मुद्धा धेरै हुनु राम्रो संकेत नभएको जिल्ला न्ययधिक कार्कीको भनाई छ । यसवर्षको कुल मुद्धा ४०० मध्ये फौजदारी मुद्धा १९८ रहेका थिए । जसमध्ये १६५ मुद्धाको फैसला भईसकेका छन् ।
ताप्लेजुङ जिल्ला अदालतमा यसवर्ष फरक प्रकृतिका ३ ओटा मुद्धो पनि थिए । फरक प्रकृतिका मुद्धामा, पत्नी बिरुद्ध दायर भएको मुद्धा १, जातीय छुवाछुत मुद्धा १ र बैबाहिक बलात्कार मुद्धा १ रहेका छन् । यि तिनओटै मुद्धाको फैसला भईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ