जोशीपुर गाउँपालिकामा व्यापक आर्थिक अनियमितता,  स्थानीयले गठन गरे अनियमितता रोक्न नागरिक समाज 

जोशीपुर गाउँपालिकामा व्यापक आर्थिक अनियमितता,  स्थानीयले गठन गरे अनियमितता रोक्न नागरिक समाज 

  • बुधबार, साउन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

२ श्रावण, कैलाली । जोशीपुर गाउँपालिकामा आर्थिक अनियमितता भएको गुनासो आएपछि स्थानीयले नागरिक समाज गठन गरेर अनियमितता रोक्न दवाव दिएका छन् ।

नागरिक समाज जोशीपुरले गाउँपालिकामा हुने अनियमितता र मनपरी रोक्न २४ बुंदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । समाजका संयोजक चन्द्रप्रकाश चौधरीले गाउँपालिकामा भइरहेको अनियमितता रोक्न र गाउँपालिकाको विकासका लागि गम्भिर बन्न चेतावनी सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका क्षेत्रको विकासमा नलागी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि आर्थिक अनियमिततामा भुलेको आरोप लगाए । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले मनपरी गरेको स्थानियको गुनासो छ ।

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत नारायण बिष्टले मासिक ७० हजार रुपैया भ्रमण बिल पास गरेर रकम खाने गरेका छन् । यसैगरी महिला उत्थानको शिर्षकमा रहेको १६ लाख रुपैया कागजी प्रक्रीया पुरा गर्न स्थानीय महिलालाई २ सय रुपैया भत्ता दिएर कार्यक्रम गरिएको छ । विष्ट, यसअघि स्थानीय निकायमा अधिकृत भएर काम गर्दा धेरै ठाउँबाट लखेटिएका छन् । नागरिक समाज ७ वटै वडाका १ सय २५ जना बसेर गठन भएको हो ।

त्यस्तै, गाउपालिकामा भएको भ्रष्टाचारको छानविनको माग गर्दै एउटा समूह अख्तियार गुहार्ने तयारीमा लागेको बताईएको छ । सोही विषयमा बुझ्न गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीलाई फोन गर्दा उनको फोन उठेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ