चिनियाँ कम्पनी थ्री गर्जेससँग वार्ता गरिने

चिनियाँ कम्पनी थ्री गर्जेससँग वार्ता गरिने

  • बुधबार, साउन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, साउन २ ।
पश्चित सेती जलविद्युत आयोजनाको कम क्षमतामा बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ ।

लगानी बोर्डको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको हो ।

प्रतिवेदनमा ७५० लाई घटाएर ५५० देखि ६२० मेगावाटको बनाउँदा आयोजना फजिबल हुने सुझाव रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै चिनियाँ कम्पनीले १० वर्षसम्म डलरमा पीपीए हुने व्यवस्था बढाउन चाहेको छ । यसलाई बढाउने प्रस्ताव सकारात्मक रहेको बोर्डले जनाएको छ ।

दुबै विषयमा चिनियाँ पक्षसँग वार्ता गर्न बोर्डले निर्देशन दिएको छ । १ खर्ब ९० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि थ्री गर्जेजले ७५ प्रतिशत र विद्युत प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी