पहिरोले घर पुर्दा ८ महिने बालकसहित ४ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

पहिरोले घर पुर्दा ८ महिने बालकसहित ४ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

  • बुधबार, साउन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

पर्वत, साउन २ ।
गोरखाको शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा ८ महिने बालकसहित ३ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर ८ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको मृत्यु भएको बताइएको छ । सरु र युनिक आमा छोरा हुन् ।

उता पर्वतमा अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको हो । उनको कच्ची घरमा पुरिएर मृत्यु भएको हो ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार पहिरोमा परि वेपत्ता भएका भनिएका ५ जना सम्पर्कमा आएका छन् । पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् ।

प्रजिअ ढकालले ती घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिनुभयो । उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् ।

स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

यस्तै पहिरो र बाढीले बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिवाङका दर्जन बढी घर पुरिएका छन् । थप एक दर्जन घरमा क्षति पुगेको छ । बुर्तिवाङ अस्पतालको पहिलो तल्ला सम्म ढुंगामाटोले पुरिएको छ ।

पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्डमा समेत क्षति पुगेपछि हिजोको रात्री सेवा र आज बिहान छुट्ने सवारी सञ्चालन प्रभावित भएको छ । प्रहरीका अनुसार ११ घरमा पूर्ण र १२ घरमा आंशिक क्षति पुगेको छ भने २ वटा ग्रील उद्योग, एउटा फर्निचर र एउटा कुटानी पिसानी मिल पुरिएको छ ।

पहिरो पिडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन् । बजारभर हिलो पसेकोले पैदल हिड्नपनि सास्ती भएको छ ।

पानीले ढुंगा, माटो एकैसाथ ल्याएपछि ठूलो भौतिक क्षति भएको हो । प्रभावितहरुलाई राख्न सुरक्षित स्थानको खोजी भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ