कैलाली, साउन २ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा आज बिहान दुई वटा प्रेसर कुकर बम फेला परेको छ । नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको हो ।
इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको जानकारी दिनुभएको थियो ।
प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई जानकारी गराइएको बताउनु् भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline