सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता हुने नहुने अनिश्चित

सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता हुने नहुने अनिश्चित

  • बुधबार, साउन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, साउन २ ।
सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता हुने नहुने अनिश्चित भएको छ । दुवै पक्षका प्रतिनिधिले आ–आफ्ना अडान नछाडेपछि आज वार्ता हुने वा नहुने अन्यौल बढेको हो ।

हिजो र अस्ति गरेर तीन पटक वार्ता भए पनि दुवै पक्षले आफ्नो अडान नछाड्दा सहमति हुन सकेको छैन । सरकारी पक्ष डा. केसीलाई काठमाडौंमा ल्याएर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने र केसी पक्ष संसदमा पेस भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिनुपर्नेमा अडिग भएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

दुवै पक्ष आ–आफ्ना अडानबाट पछि नहट्ने मनस्थितीमा रहेकाले वार्ता बस्नुको कुनै औचित्य नभएको दुवै पक्षले बताएका छन् । डा केसी पक्षका वार्ता टोलीका अनुसार सरकारले केसीलाई उपचारका लागि काठमाडौं ल्याउने प्रस्ताव मात्र गरेको छ ।

यस विषयमा पनि थप कुराकानी हुन सकेको छैन । केसीको मागको विषयमा प्रवेश नै नगरी उहाँलाई उपचारको लागि काठमाडौं ल्याउने प्रस्ताव मात्रै गरेकाले वार्ता अगाडि नबढेको केसी पक्षले बताएको छ ।

सरकार पक्षले भने व्यक्तिको ज्यान जोगाउनु पहिलो प्राथमिकता रहेको भन्दै पहिले डाक्टर केसीलाई उपचारको लागि काठमाडौं ल्याउनुपर्ने बताएको छ । जुम्लामा १९ दिनदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको ।

उहाँको मुटुको चाल जुनसुकै बेला पनि रोकिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ