धरानका मेयर तारा सुब्बाको निधन, यस्ताे थियाे राजनीतिक जीवन

धरानका मेयर तारा सुब्बाको निधन, यस्ताे थियाे राजनीतिक जीवन

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको अाज निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उहाँको छातीमा निमोनियाको इन्फेक्सनका कारण दिउँसो निधन भएको हो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था भने कमजोर रहेको थियो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे छ ।

तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका सुब्बा १३ वर्षको उमेरमै पहिला झापा, गोलधाप र पछि धरान झर्नुभएकाे थियाे ।

०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पााचौको सांगठनिक गतिविधिमा संलग्न भइ सुब्बाले कक्षा ८ मा अध्ययनरत छदा ०४० सालमा शैक्षिक शुल्क बृद्धिविरुद्धको आन्दोलनको नेतृत्व गरेर धरानमा चर्चा कमाउनुभएकाे थियाे ।

०४२ मा एसएलसी दिएपछि उहाँले अखिलको धरान नगर कमिटीकाे जम्मेवारी सम्हाल्नुभएका सुब्बालाइ  ०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा राखिएकाे थियाे ।

प्रजातन्त्रबहालीपछि विद्यार्थी कार्यकर्ता तारा सुब्बाले आफ्नो राजनीतिक क्रियाशीलतालाई युवा आन्दोलनसँग जोड्नुभएकाे हाे । तत्कालिन मालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको उहाँ संस्थापक समेत हुनुहुन्छ भने दुई कार्यकाल युवा संघ जिल्ला अध्यक्षको जिम्मेवारी निभाएपछि एक कार्यकाल केन्द्रीय सदस्य पनि हुनुभयाे ।

त्यसपछि जिल्ला तहको पार्टी नेता रुपमा सक्रिय उहाँ ०५४ को स्थानीय निर्वाचनमा धरानलाई प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य हुनुभयाे । स्थानीय निकाय भंग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उहाँले लगातार  तत्कालिन एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ