आजदेखि घर, कार्यालय जुनसुकै स्थानबाट शेयरको किनबेच गर्न सकिने, यसरी गर्नुस् कारोबार

आजदेखि घर, कार्यालय जुनसुकै स्थानबाट शेयरको किनबेच गर्न सकिने, यसरी गर्नुस् कारोबार

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ, साउन ।
आजदेखि शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू हुने भएको छ ।

धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने व्यवस्था गरेको हो ।

यो सँगै घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहज रुपमा नै कारोबार गर्न सकिने भएको छ ।

अनलाइनबाट शेयर कारोबार गर्नका लागि कारोबारकर्ताले पहिलोपटक शेयर दलालको कार्यालयबाट ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने र त्यसपछि भने घरैमा बसेर अनलाइनबाट कारोबार गर्नसक्ने बोर्डका प्रवक्ता निरज गिरीले बताउनुभयो ।

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउन तथा विद्युतीय कारोबार प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी