ट्रम्पद्धारा राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको बचाउ

ट्रम्पद्धारा राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको बचाउ

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी, १ साउन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षीसँगको भेटमा सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको बचाउ गर्नुभएको छ ।

फिन्ल्याण्डको हेलसिन्कीमा रुसी समकक्षी भ्यादिमिर पुटिनसँग भएको विशेष भेटवार्ताका क्रममा अमेरिकी गुप्तचर एजेन्सीले विरोधाभास आरोप लगाएको भन्दै खण्डन समेत गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले आफू रुससँग सुमधुर सम्बन्ध राख्ने पक्षमा सकारात्मक रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी पुटिनसँगको प्रत्यक्ष वार्ता दुई देशको सम्बन्ध सुधारका लागि सकारात्मक सुरुवात भएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

यद्यपी वार्ताअघि रुसी राष्ट्रपति पुटिनले द्विदेशीय जटिल मुद्दामा छलफल गर्ने समय आइनसकेको बताउनुभएको थियो । तर वार्तापछि भने उहााको कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोपपछि दुवै देशबीच तनाव उत्कर्षमा पुगेको हो । यसअघि राष्ट्रपति ट्रम्पले रुससँग सम्बन्ध बिग्रनुमा पूर्व अमेरिकी प्रशासनलाई दाषी ठर्हयाउनुभएको थियो ।

गत शनिबार अमेरिकाले १२ रुसी गुप्तचरविरुद्ध अभियोग लगाएपछि दुई देशबीच बढेको चिसोपनाबीच पछिल्लो भेटवार्ता भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ