आज साउने संक्रान्ति लुतो फाल्ने दिन, यस्तो छ बैज्ञानिक कारण

आज साउने संक्रान्ति लुतो फाल्ने दिन, यस्तो छ बैज्ञानिक कारण

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

काठमाण्डौ, १ साउन ।

आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति पर्व देशभर आज मनाईदैछ । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।

सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।

हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिन लुतो समेत फाल्ने परम्परा छ । ग्रामिण क्षेत्रमा अझैं पनि लुतो फाल्ने गरेको पाइएपनि शहरी क्षेत्रमा भने यो प्रचलन बिस्तारै हराउन थालेको छ ।
कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फयाँक्ने चलन छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ । साउन महिनाभर शिवको पुजा आराधना गर्ने परम्परा छ ।

भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेको धनेश्वर, लगायत विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ ।

वेभ तस्विर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ