चालु आर्थिक वर्ष २०७४/०७५ आज सकिदै

चालु आर्थिक वर्ष २०७४/०७५ आज सकिदै

  • सोमवार, असार ३२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाण्डौ, ३२ असार ।

चालु आर्थिक वर्ष २०७४/०७५ आज सकिदैछ । आर्थिक वर्ष अन्त्यतिर यसबर्ष वर्षामा सडकहरु पिच गर्ने कार्यले निरन्तरता पाएको छ ।

यस्तै बजेट फ्रिज हुने भएपछि रकम स्थानान्तरण भएका कारण यो आर्थिक वर्षमा समेत विकास खर्च भने ७० प्रतिशतबाट उकालो नलाग्ने पक्का भएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै वजेट आएपनि खर्च गर्ने शैली भने परम्परागत नै देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार विकास निर्माण तर्फ असार ३० गतेसम्ममा ६७ दशमलव ८८ प्रतिशत मात्र खर्च भएको छ ।

यद्यपी सरकारी अधिकारीहरुले भने यो वर्ष निरन्तर ३ तहको निर्वाचनका कारण आशा गरिए अनुसार काम गर्न नसकेको स्पष्टोक्ति दिएका छन् । अर्थमन्त्रालयले मध्यावधी समीक्षा मार्फत ७० प्रतिशत विकास खर्च गर्ने संशोधित लक्ष्य निर्धारण गरेको थियो ।

यद्यपी असार मसान्तसम्ममा ७० प्रतिशत विकास खर्चको सरकारी लक्ष्य भने पूरा हुने देखिएको छ । विकास निर्माणका लागि यो वर्ष ३ खर्व ११ अर्व रुपैयाँ बजेट विनियोजन गरेको सरकारले गत शुक्रबारसम्ममा २ खर्व २७ अर्व रुपैयाँ खर्च गरको छ ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा असारमा सरकारले दैनिक झण्डै २ अर्व रुपैयाँ खर्च गरेको थियो ।

राजश्व तर्फ भने सरकार ९५ प्रतिशत असुल गर्न सफल भएको छ । यो वर्ष ७ खर्व ३० अर्व रुपैयाँको राजश्व संकलनको लक्ष्य राखेको सरकारले शनिवारसम्ममा ६ खर्व ९७ अर्व रुपैयाँ हाराहारीमा राजश्व संकलन गरेको छ । नयाँ आर्थिक वर्ष भोली देखि शुरु हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी