कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह बन्याे सानीभेरी 

कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह बन्याे सानीभेरी 

  • आइतवार, असार ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

रुकुम, ३१ असार ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।

शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

उहाँले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य अत्यन्तै सराहनीय पक्ष भएकाले यसलाई दिगो बनाई राख्नुपर्ने बताउनुभयो ।

खोपकै अभावमा वर्षेनी हजारौँ बालबालिकाको मृत्यु हुने गरेको अवस्थामा पूर्ण खोप सुनिश्चित हुनु आफैँमा राम्रो कामको सन्देश भएको प्रमुख शर्माले बताउनुभयो ।

गाउँपालिकामा रहेका दुई वर्षमुनिका बालबालिका सबैले नियमितरुपमा कुनै पनि खोप नछुटाएको पाएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताउनुभयो । यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा भएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविकालगायत व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ