३१ असार, काठमाडौं । पछिल्लाे समय उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलेको छ । प्रहरीले ललितपुरको नख्खिबोटबाट जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो ।
पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल रहेकाे स्राेतले जनाएकाे छ । विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।
काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । स्रोतका अनुसार उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिन पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline