सुनसरी, असार ३१ । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार अविरल वर्षा हुँदा सप्तकोशी नदीमा खतरा बढेको छ ।
जसका कारण कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खोलिएको छ ।
गएराति कोशी नदीमा पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको हो ।
योसँगै ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिएका छन् ।
ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि भएपछि खतराको बत्ती बाल्ने गरिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline