ट्रिपरले लियाे एसएसपीकाे भतिजिको ज्यान, कहिले राेकिएला ट्रिपर अातंक ?

ट्रिपरले लियाे एसएसपीकाे भतिजिको ज्यान, कहिले राेकिएला ट्रिपर अातंक ?

  • आइतवार, असार ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

चितवन भरतपुरकी १८ वर्षीया अनुजा घिमिरे दाइ अनुजसँग कलंकीस्थित ठूलो बुबाको घर जाँदै थिइन्।

चितवनमै १२ कक्षाको परीक्षा दिएकी उनी केही समयअघि उच्च शिक्षा पढ्ने अभिलासासहित काठमाडौं आएकी हुन्। तर उनको उच्चशिक्षा पढ्ने अभिलासा त्यतिखेर चकनाचुर भयो, जब उनी सवार मोटरसाइकल दुर्घटनामा पर्‍यो । दाइ अनुजले चलाएको मोटरसाइकललाई सोल्टीमोडमा टिपरले ठक्कर दिँदा उनको निधन भयो।

कुपन्डोलमा डेरा गरी बस्दै आएकी अनुजा एसएसपी विनोद शर्मा घिमिरेकी भतिजी हुन्। एसएसपी विनोदसँगको भेटमा अनुजाले आफू काठमाडौंमा पढ्ने बताएकी थिइन् । शनिबार कलंकीमा ठूलो बुबा दिवाकर घिमिरेले दाजुबहिनीलाई खाना खान निम्त्याएका थिए।

सोहीअनुसार बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा कलंकी पुग्नै लाग्दा टिपरले उनीहरूलाई ठक्कर दिएको हो । टिपरले पछाडिबाट ठक्कर दिएको अनुजको भनाइ छ । मोटरसाइकलको पछाडि बसेकी अनुजालाई टिपरले ठक्कर दिँनेबित्तिकै उनी भुइँमा पछारिइन् । त्यसमाथि चालकले अनुजामाथि नै टिपर कुदाएपछि उनमा ढुकढुकी मात्रै बाँकी थियो । तत्काल उनलाई बल्खुस्थित वयोधा हस्पिटल त पुर्‍याइयो । तर उनलाई चिकित्सकले बचाउन सकेनन्।

अन्नपूर्ण पोस्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ