काम ढिलो गर्ने ठेकेदार कम्पनीलाई कालो सुचीमा राखिंदै, हेर्नुहाेस कुन कुन परे ?

काम ढिलो गर्ने ठेकेदार कम्पनीलाई कालो सुचीमा राखिंदै, हेर्नुहाेस कुन कुन परे ?

  • आइतवार, असार ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

कञ्चनपुर, असार ३१ ।

समयमा काम सम्पन्न नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गृह मन्त्रालयमा नाम पठाएकामध्ये सन्तोषी–थेगिम निर्माण कम्पनी कालो सुचीमा पर्ने देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले समयमा काम सम्पन्न नगरेका २१ वटा आयोजनाका निर्माण कम्पनीको नाम जेठ १५ गते गृह मन्त्रालय पठाइएको थियो ।

जसमध्ये आधा दर्जनभन्दा बढी ठेक्का लिएको सन्तोषी–थेगिम कालो सूचीमा पर्ने देखिएको हो ।

जिल्ला प्रशासनले गृह मन्त्रालयमा नाम पठाएपछि अधिकांश निर्माण व्यवसायीले कामलाई निरन्तरता दिए पनि सन्तोषी–थेगिम जेभीले भने काममा ढिलासुस्ती गरेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

कलुवापुर–बेलौरी सडकको ठेक्का लिएर लापर्वाही गरेको भन्दै डिभिजन सडक कार्यालयले दोस्रो पटक सूचना जारी गरेको छ ।

पटक–पटक ताकेता गर्दा पनि कम्पनीले काममा ढिलाई गरेकाले कालो सूचीमा पर्ने सम्भावना रहेको डिभिजन सडक कार्यालयका प्रमुख लक्ष्मीदत्त भट्टले बताए ।

डिभिजन कार्यालयले सनराइज बैंकमा जम्मा गरेको तीन करोड रुपैयाँ धरौटीसमेत रोक्का गरेको छ ।

मोबिलाइजेसन र हर्जानावापतको रकम धरौटीबाट असुल गरिने डिभिजन कार्यालयका प्रमुख भट्टले बताए ।

सन्तोषी–थेगिम जेभीले कृष्णपुरको ओदाल खोला पुल, बुडर नाइल बंक सडक र सोही ठाउँकै खार खोला पुल, बुडर नाइल बंक सडक, वाणी–देखतभूली सडक, कृष्णपुर–लालझाँडी र कलुवापुर–बेलौरी सडकको ठेक्का लिएको छ ।

जसमध्ये हालसम्म कुनै पनि आयोजना समयमै सम्पन्न नगरेको डिभिजन कार्यालयले जनाएको छ ।

असार मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयसमक्ष जनाएको भएपनि काम भने भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी