तपाई शेयर कारोबार गर्नुहुन्छ ? अबदेखि अनलाइनमार्फत शेयर कारोबार हुँदैछ

तपाई शेयर कारोबार गर्नुहुन्छ ? अबदेखि अनलाइनमार्फत शेयर कारोबार हुँदैछ

  • शनिबार, असार ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, ३० असार । 

तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ ।

तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ ।

सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ आगामी साउन १ तेदेखि लागू गर्ने भएको छ । लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा शुरु गरिएको बोर्डले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को नियम १२ बमोजिम बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र शेयर दलाल कम्पनीले जडान गर्नुपर्नेछ ।

बोर्डका प्रवक्ता निरज गिरीले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा शेयर खरिद बिक्रीका लागि मार्ग प्रशस्त भएको र स्टकले सञ्चालनमा ल्याउन सक्ने अवस्था आएको जानकारी दिनुभयो ।

“कानूनीरुपमा नै अनलाइन कारोबार सञ्चालनका लागि व्यवस्था भएको छ । त्यसलाई थप व्यवस्थित गरेर कारोबार गर्न मार्ग प्रशस्त भएको छ”, प्रवक्ता गिरीले भन्नुभयो ।

नेपाल स्टक एक्सचेञ्जले पनि अनलाइन कारोबारका लागि आवश्यक प्रणालीको विकास गरिसकेको जनाएको छ ।

स्टकले विद्युतीय कारोबारका लागि सञ्चालनमा ल्याउन लागेको सफ्टवेयरको परीक्षण भने बाँकी छ । सो सफ्टवेयरमा हुने खराबी तथा अन्य समस्याका बारेमा कारोबार शुरु भएपछि मात्रै जानकारी प्राप्त हुनेछ ।

शेयर कारोबारकर्ताले शेयर दलाल कम्पनीले आवश्यक व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था छ ।

स्टकका प्रवक्ता मुरहरि पराजुलीले साउन १ गतेदेखि नै लगानीकर्ताले विद्युतीय कारोबारका गर्न सक्ने जानकारी दिनुभयो । उहाँले त्यसका लागि नेप्सेले आवश्यक तयारी गरिसकेको र शेयर दलाल कम्पनीलाई पनि आवश्यक निर्देशन दिइसकिएको बताउनुभयो ।

धितोपत्र खरिद वा बिक्री गर्न चाहेमा सोको लागि धितोपत्र दलाललाई आदेश दिनुपर्ने, आदेश दिनको पहिचान स्पष्ट खुल्ने व्यवस्था, कारोबार गर्न चाहेका संगठित संस्था, धितोपत्रको किसिम, परिमाण, मूल्य र समय, धितोपत्र खरिद वा बिक्री केका लागि आदेश दिएको हो सो कुरासमेत प्रष्ट हुनुपर्ने नियमावलीमा व्यवस्था छ ।

धितोपत्र दलालले ग्राहकको आदेश प्राप्त गरेरमात्र धितोपत्रको कारोबार गर्नुपर्ने, विद्युतीय माध्यमबाट समेत आदेश प्राप्त गर्ने, ग्राहक पहिचान विवरण (केवाइसी), धितोपत्रको मूल्य, संख्यालगायत आदेशसँग सम्बन्धित अन्य पक्षको स्पष्ट व्यवस्था गर्नुपर्ने नियमावलीले व्यवस्था गरेको छ ।

धितोपत्रको सूचीकरणपश्चात् पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यबीचको अन्तर, अघिल्लो दिनको बजार बन्द हुँदा कायम रहेको मूल्य र अर्को दिन शुरु कारोबार मूल्यबीचको अन्तर र लगातार ६० दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा शुरु हुने मूल्यको भने ‘मूल्य परिवर्तन सीमा’का आधारमा व्यवस्था गरिनेछ ।

यस्तै बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रका लागि कारोबार हुने न्यूनतम तथा अधिकतम संख्यासमेत तोक्न सक्ने नियमावलीमा व्यवस्था छ ।

यस्तै धितोपत्रको कारोबार गर्दा वा गराउँदा बैंकमार्फत रकम लिने दिने व्यवस्था, खाताबाट खातामा भुक्तानी हुने व्यवस्था र धितोपत्र दलालले कारोबारका लागि प्रयोग गर्ने खाता कारोबारसँग सम्बन्धित प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्थासमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी