ट्रिपरकाे दादागिरी राेकिएन, सोल्टीमोडमा १८ वर्षीया किशोरीको ज्यान लियो

ट्रिपरकाे दादागिरी राेकिएन, सोल्टीमोडमा १८ वर्षीया किशोरीको ज्यान लियो

  • शनिबार, असार ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

३० असार,काठमाडौं । नागरिकको ज्यान लिने क्रम नरोकिएपछि गृहमन्त्रालयले काठमाडौं उपत्यकामा बिहान ५ बजेदेखि राति ७ बजेसम्म ट्रिपर चलाउन रोक लगाए पनि आजै शनिबार दिउँसो काठमाडौंको सोल्टीमोडमा एक १८ वर्षीया किशोरीको ज्यान लिएको छ ।

मोटरसाइकल पछाडि बसेकी किशोरी अनुजा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक अनुजाका दाई अनुज घिमिरे भने सामान्य घाइते भएका छन् ।

दाजुबहिनी सवार बा ९६ प ४९११ नम्बरको मोटर साईकललाई ना ७ ख ९४७५ नम्बरको ट्रिपरले अपरान्ह पौने २ बजेतिर ठक्कर पछाडिबाट ठक्कर दिएको थियो ।

मृतक किशोरीको टाउको फुटेको छ भने अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । ट्रिपरको ठक्करबाट अनुजाको मृत्यु भएको पुष्टि महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिएका छन् ।

ट्रिपर चालक राजकुमार तामाङ प्रहरीको नियन्त्रण लिएको भने मोटरसाईकल चालक अनुजको अवस्था सामान्य रहेको डिएसपी प्रदिप क्षेत्रीले बताए । हप्ता दिनभित्रै उपत्यकामा ट्रिपरले अनुजासहित तीनजनको ज्यान लिइसकेको छ ।

ट्रिपरमा ढुंगा लोड थियो । ट्रिपरको ठक्करबाट केही दिनअघि मात्र मोटरसाइकलमा सवार कोटेश्वर जडिबुटी चोकैमा भक्तपुर सल्लाघारीका रोयल सुवेदीको ज्यान गएको थियो ।

सुवेदी सवार मोटरसाइकलका चालक अमन ढुंगेलको खुटट्टा भाँचिएर गम्भीर घाइते भएका थिए । त्यसको दुईपछि नै ट्रिपरले नै जडिबुटीमा अर्को मोटरसाइकललाई ठक्कर दिई एकजना पुरुष चालकको ज्यान लिएको थियो ।

फाईल तस्बीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ