सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ती बालियो, ब्यारेजका २४ वटा ढोका खुला

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ती बालियो, ब्यारेजका २४ वटा ढोका खुला

  • शनिबार, असार ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

सुनसरी, असार ३० ।
सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

खतराको संकेतसँगै कोशी ब्यारेजका ५६ मध्ये २४ वटा ढोका खुला गरिएको छ ।

पानीको निरन्तर बहाव बढेपछि भारतीय पक्षसँग सल्लाह गरेर आवश्यकताअनुसार थप ढोका खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो साँझ १ लाख ७५ हजार ८ सय २५ क्युसेक प्रतिसेकेन्ड पुगेको सप्तकोशीको बहाव आज बिहान भने केही कम भएर १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

पानीको बहावमा थोरै कमी देखिए पनि खतराको संकेत रातो बत्ती बालिएको हो । बहाव बढेसँगै रातो बत्तीले खतराको संकेत दिँदा पूर्वीतटका बासिन्दा त्रसित हुन थालेका छन् ।

०६५ साल भदौ २ गते कोशीको पूर्वीतट भत्किँदा कोशीमा पानीको बहाव १ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड थियो ।

त्यसबेला सुनसरीको कोशी गाउँपालिका डुबान भएर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए भने ४ हजार बिगाहभन्दा बढी खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ