पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र छोरी मरियम पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र छोरी मरियम पक्राउ

  • शनिबार, असार ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, असार ३० । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् ।

आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पउनीहरुलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् ।

शरिफ र मरियमलाई रावलपिण्डिस्थित अडियाला जेलमा र्पुयाइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा लैजान लागिएको भए पनि सरिफ नमानेपछि विमानमार्फत् रावलपिन्डिको अडियाला जेलमा र्पुयाइएको हो ।

सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए ।

शरिफलाई तत्काल अडियाला जेलमै राखिने भएको छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामावादस्थित प्रहरी प्रतिष्ठान लगिने जनाईएको छ ।

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि सञ्चारमाध्यमहरुसँग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाएका थिए ।

उनले सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै यसले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दाबीसमेत गरे ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो ।

अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा पुगेका थिए । पाकिस्तानमा यही जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ