भानुभक्त आचार्यको योगदान असाधराण र कालजयीः प्रधानमन्त्री ओली

भानुभक्त आचार्यको योगदान असाधराण र कालजयीः प्रधानमन्त्री ओली

  • शुक्रबार, असार २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ, २९ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य र समाजमा आदिकवि भानुभक्त आचार्यको योगदान असाधराण र कालजयी रहेको बताउनुभएको छ ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ ।”

नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा आफु सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले उक्त मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ