सिन्धुपाल्चोकमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते

सिन्धुपाल्चोकमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते

  • शुक्रबार, असार २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोदोम तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ छन् ।

तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आठै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौ ल्याइएको छ ।

गएराति मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु१ख ९९९ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । -वेभ तस्वीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ