बुटवल ।
तत्कालिन एमालेनिकट अनेरास्ववियू गुल्मीका जिल्ला नेता तथा रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीका स्ववीयू उपाध्यक्ष समेत रहेका गणेश पौडेल विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै उनले एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को साधारण सदस्य तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका सम्पुर्ण जिम्मेवारीबाट विदा लिई विप्लवनिकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको बताएका हुन् ।
विज्ञप्तीमा ‘कथित एकताका नाममा संसदवादी विद्यार्थी संगठनले क्षणिक जमघट पैदा गर्ने र एतिहासिक जिम्मेवारीबाट भाग्दै विद्यार्थी आन्दोलनलाई मरणासन्न अवस्थामा पु¥याएका छन् । त्यसैले हामी जस्तो क्रान्तिकारीहरुका काधँमा महान जिम्मेवारी आएको बोध गर्दै देश र जनताको निम्ती कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ले अघि सार्नुभएको एकिकृत जनक्रान्तिको माध्यमबाटै नेपाली जनताको मुक्ति र हामीजस्तो नौजवान विद्यार्थीहरुको आशाको केन्द्र नेकपा निकट अखिल (क्रान्तिकार) भएकोले आजैको मितिदेखी माओवादी केन्द्र र एमालेको एकताबाट बनेको कथित नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), अनेरास्ववियू गुल्मी जिल्ला नेता र पार्टीको साधारण सदस्य समेत नरहेको र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गरेको कुरा यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउनुको साथै सम्पूर्ण युवा विद्यार्थीहरुलाई कथित दक्षिणपन्थी संशोधनवादी दलालहरु (पिके कम्पनीबाट) बाट विद्रोह गरी क्रान्तिकारी बाटोमा लामबद्ध हुन अपिल गर्दछु ।’ भनिएको छ ।
नवप्रवेशि पौडेललाई नेकपा रुपन्देहीका ईन्चार्ज, सेक्रेटरी, अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज, जिल्ला अध्यक्ष लगायतले टिका लगाई प्रवेश गराएका थिए ।