सामाजिक सञ्जालमा पानीजहाजको वाहियात कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छः सांसद बस्नेत

सामाजिक सञ्जालमा पानीजहाजको वाहियात कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छः सांसद बस्नेत

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

२८ असार, काठमाडौं ।  सत्तारूढ दलका सांसदले सामाजिक सन्जालमा पानी जहाजकाे कुरा गर्नेलाइ कार्वाहि गर्न माग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका हुन् ।

बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनकाे भनाइ छ ।

संसदमा विशेष समयमा बोल्दै  बस्नेतले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएकोले सञ्चार मन्त्रालयले कार्बवाहि गर्नुपर्ने बताए ।

कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने यो संवेदनामा खेलेर पानीजहाजको वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

यसवर्ष भक्तपुर निकै पीडामा रहेको भन्दै उनले  हप्तामा एक दुई पटक टि्रपरको ठक्करबाट ज्यान जाने र बाढी आउने गरेको बारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ