काठमाडौं महानगरका जनप्रतिनिधिहरुको तलव कम भएको भन्दै बढाउन माग, मेयरको ५५ हजार पुर्‍याउनु पर्ने

काठमाडौं महानगरका जनप्रतिनिधिहरुको तलव कम भएको भन्दै बढाउन माग, मेयरको ५५ हजार पुर्‍याउनु पर्ने

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, असार २८ ।
काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाएका छन् । महंगी अनुसार तलव सुविधा नभएको भन्दै महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको हो ।

तलव नबढाए सम्म प्रदेश सरकारले तोकेको सेवा सुविधा नै नबुझ्ने एक वडाध्यक्षले जानकारी दिएका छन् । प्रदेश सरकारले तोकेको तलब सुविधा अनुसार महानगरका मेयरले मासिक तलव ४६ हजार रुपैया पाउनेछन् ।

महानगरले भने ५५ हजार र्पुयाउन माग गरेको छ । उपमेयरको तलव ४८ हजार बनाउन प्रस्ताव गरिएको छ । अहिले ४० हजार २ सय रुपैयाँ तोकिएको छ । महानगरले वडाध्यक्षको तलव ४० हजार र्पयाउन प्रस्ताव गरेको छ । अहिले २८ हजार मात्रै छ ।

काठमाडौं महानगरपालिकाकाले वडा सदस्यको तलव पनि बढाउन प्रस्ताव गरेको छ । हाल ७ हजार तलव बुझ्दै आएका वडा सदस्यलाई मासिक २० हजार तलव दिन प्रदेश सरकारसँग माग गरिएको एक वडाध्यक्षले जानकारी दिएका छन् ।

अहिले सबै प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब लगभग समान तोकिएको छ । केन्द्र सरकारले दिएको खाका अनुसार नै प्रदेश सरकारहरुले स्थानीय जनप्रतिनिधिहरुको सेवासुविधासम्वन्धी विधेयक प्रदेशसभाबाट पास गराएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ