बाढी र वर्षाले जनजीवन अस्तव्यस्त- बनेपा र भक्तपुर डुब्यो, अरनिको राजमार्ग ठप्प

बाढी र वर्षाले जनजीवन अस्तव्यस्त- बनेपा र भक्तपुर डुब्यो, अरनिको राजमार्ग ठप्प

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 31.8K
    SHARES

काठमाण्डौ, असार २८ ।
भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । गएराति देखि परेको अविरल वर्षापछि आएको बाढीले मुलुकका केहि वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् ।

यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । वर्षाका कारण बागमती र हनुमन्ते खोलामा आएको बाढीले काठमाडौं र भक्तपुरका केही स्थान डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको हो ।

भक्तपुरको जगाती, बाराहीका वस्तीमा जलमग्न रहेको छ भने भूकम्प पीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेको छ ।गएराति देखि सयौं घर डुबानमा परेपछि त्यहाका बासिन्दा घर बाट बाहिर निस्कन सकेका छैनन् ।

राधे राधे र त्यसक्षेत्रका वस्तीका साथै भाटभटेनी सुपर मार्केटदेखि स्यामसुङ्ग कम्पनीसम्म पुरै डुबानमा परेको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरा सम्म नै डुबानमा परेपछि घरबाट निस्कने अबस्था नभएको प्रहरीले जनाएको छ ।

बुधबार राति देखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिमा अरनिको राजमार्गस्थित राधेराधे र भाटभोटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर: नविन पौडेल

जमिनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डको दुबै क्षेत्र डुबानमा परेको छ । चारदोबाटोबाट बालकोट जाने वस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ ।

मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको छ । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडिबुटीस्थित सुकुम्बासी वस्ती पुरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्था रहेको स्थानीय अमर थापाले बताउनुभयो ।

बाढीका कारण बागमती नदी आसपास काठमाडौंका केही स्थान पनि प्रभावित भएका छन् । यस्तै वर्षाका कारण पुन्यमति खोलामा आएको बाढीले काभ्रेको बनेपा बजार डुबानमा परेको छ । आज विहान २ बजे देखि पुन्यमति खोलामा आएको बाढीले बनेपा बजारको करिब दुइ दर्जन घर डुबानमा परेको हो ।

बनेपा– ८ का जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुरहरु अलपत्र परेका थिए ।

उनीहरुलाई आज बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । काभ्रे जिल्लाको सडक सन्जाल ठप्प भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ