नेकपाका चार नेता रिहा, पोलिटब्युरोद्धय राई र पुनसहित तीन जना पुनः गिरफ्तारः कस्लाई कुन जिल्ला लगिदैछ ?

नेकपाका चार नेता रिहा, पोलिटब्युरोद्धय राई र पुनसहित तीन जना पुनः गिरफ्तारः कस्लाई कुन जिल्ला लगिदैछ ?

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

२८ असार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ सहित चार नेता रिहा भएका छन् ।
सर्वोच्च अदालतले आदेशमा रणवीरसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई पनि रिहा भएका छन् ।

प्रहरीले पोलिटब्युरो सदस्यहरू पदम राई र ओम पुनसहित तीन जनालाई भने पुनः गिरफ्तार गरेको छ । राई र पुनसँगै उदयपुर जिल्ला इन्चार्ज केदार राईलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो ।
गैरकानुनी थुनामा रहेका नेकपाका नेताहरूका पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गानाले बहस गरेका थिए ।
सवोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणा र मीरा खड्काको इजलासले गैरकानुनी थुनामुक्त गर्ने आदेश दिएको थियो ।
नेता पुनलाई बर्दिया पुर्याएको छ भने केदार राईलाई उदयपुर लगिदैछ । यस्तै अर्का नेता राईलाई मोरङ लैजाने तयारी भईरहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ