कान्तिपुर र काठमाडौं पोष्टका प्रधान सम्पादकले किन दिए राजिनामा ?

कान्तिपुर र काठमाडौं पोष्टका प्रधान सम्पादकले किन दिए राजिनामा ?

  • बुधबार, असार २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

२७ असार, काठमाडौँ । सम्पादकले  राजिनामा दिएसँगै कान्तिपुर पब्लिकेशन पुनः चर्चामा आएको छ । पटक पटक सम्पादकको राजिनामाले चर्चामा आउने पब्लिकेशन मंगलबार एकाएक चर्चामा आयो ।

कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले एकैसाथ राजिनामा दिएका छन् । दुबै जनाले मंगलबार राजिनामा आफूहरुका राजिनामाबारे समाचार कक्षमा सहकर्मीलाई जानकारी गराएका थिए । दुबै सम्पादक र व्यवस्थापनबीच लामो समयदेखि विवाद रहेको बताइएपनि सार्वजनिक भएको थिएन ।

पछिल्लो पटक दुबै सम्पादक र पब्लिकेशनका अध्यक्ष कैलास सिरोहियाबीच विवाद बढ्दै गएको कान्तिपुरका पत्रकारहरुले बताउने गरेका छन् । दुबै सम्पादकले आफूलाई गलत कार्यमा उपयोग गर्न खोजेको भन्दै सिरोहियाको विरोध गर्न थालेपछि विवाद सुरु भएको बताइएको छ । कान्तिपुरका प्रधान सम्पादक शर्माले आफू निकट केही पत्रकारसँग आफ्नो वौद्धिकताको दुरुपयोग गर्न खोजेको कारण आफूले राजिनामा दिएको बताएका छन् ।

सम्पादक शर्मा र उपाध्ययको राजिनामाबारे पब्लिकेशनले केही बताएको छैन । शर्मा र उपाध्ययले पनि राजिनामाबारे आज औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

विगत १० वर्षदेखि शर्मा र उपाध्यायले पत्रिकाको नेतृत्व गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ