यस्तो अवस्थामा होटलबाट पक्राउ परे गढीमाई नगरपालीकाका मेयर, अनुसन्धान सुरु

यस्तो अवस्थामा होटलबाट पक्राउ परे गढीमाई नगरपालीकाका मेयर, अनुसन्धान सुरु

  • बुधबार, असार २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, २७ असार । रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ५ जना पक्राउ परेका छन् ।

नगरपालिकाका विभिन्न योजनाको चेक भुक्तानी होटलबाट भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीका अनुसार प्रहरी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले मेयरसहितलाई नियन्त्रणमा लिएको हो ।

कार्यकारी अधिकृत नरबहादुर विक, लेखापाललगायत कर्मचारीलाई चेक र विभिन्न कागजातहरुसहित नियन्त्रणमा लिएको स्थानीय प्रशासनले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा लगेर थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ