इटहरी ।
नेपाल कम्युनिष्ट पार्टीका इटहरी नगर इन्चार्ज सन्तोष बिष्ट र सेक्रेटरी बीरतालाइ नाबालिका बच्चा सहित मंगलबार पुन गिरफ्तार गरेको छ ।उनीहरूलाइ अाज आज साझ प्रहरीले गिरफ्तार गरेर वेपत्ता बनाएको नेकपा सुनसरीले जनाएकाे छ ।
बिरता यस अघि दुई पटक गिरफ्तार परेर तारीख लिइरहेको अवस्था मा प्रहरीले अाज पुनः गिरफ्तार गिरफ्रतार गरेकाे हाे । नावालीका छाेरी सहित बिना कारणा पटक पटक गिरफ्तार गर्नुले सरकारको यो फासिबादी चरित्र उदाङ्गाे हुँदै गएकाे भन्दै नेकपा सुनसरीका इन्चार्ज प्रज्वलले उक्त गिरफ्तारीप्रति घोर भ्रत्सना गर्दै यथाशिघ्र रिहाइको माग गर्नुभएकाे छ । स्यस्ताे रबैया कायम रहे कठोर प्रतिरोध गर्न बाध्य हुने पनि चेतावनी दिनुभएकाे छ ।
यस्तै अाजै साझ नेकपा सुनसरीका सेक्रेटरी पवनले विज्ञप्ती निकालेर शान्तिपूर्ण कार्यक्रम गर्न,जनतासङ्ग भेटघाट गर्न अघोषित रूपमा प्रतिबन्ध लागएर देशैभर नेता कार्यकर्ता गिरफ्तार गर्ने,हिरासत तथा जेलमा राख्नुकोसाथै घर परिवारमा समेत मानसिक यातना दिने कार्य निन्दनीय र आपत्तिजनक भएकाे बताउनु भएकाे छ ।
बिरता यस अघि दुई पटक गिरफ्तार परेर तारीख लिइरहेको अवस्था मा पुनः गिरफ्तार गर्नुले दलाल सरकारको लोकतान्त्रिक चरीत्र उजागर भएको छ । प्रहरी दमन अन्त्य गरेर गिरफ्तार नेता कार्यकर्ता तुरुन्तै रिहाई गर !विज्ञप्तीमा भनिएकाे छ ।
बिज्ञप्तीकाे पूर्ण पाठ ।
नेपाल देशमा आज भ्रष्टाचार , घुसखोरी,तस्करी, चरम मुल्य वृद्धि दिनप्रतिदिन मौलाइरहेको छ । यतिबेला सामाजिक दलालहरु, प्रतिकान्तिकारीहरु, भ्रष्टाचारिहरु तथा कालोबजारी,तस्कर, जालिफटाहाहरु क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता देखेर पुरै अत्तालिएका छन् । सामाजिक दलाल फासिवादी सरकारको स्पष्ट निर्देशनमा प्रहरी प्रशासन पुरै दमनमा उत्रिएको छ । शान्तिपूर्ण कार्यक्रम गर्न,जनतासङ्ग भेटघाट गर्न अघोषित रूपमा प्रतिबन्ध लागएर देशैभर नेता कार्यकर्ता गिरफ्तार गर्ने,हिरासत तथा जेलमा राख्नुकोसाथै घर परिवारमा समेत मानसिक यातना दिने कार्य निन्दनीय र आपत्तिजनक छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी सुनसरी का जिल्ला समिति सदस्यहरु तथा इटहरी इन्चार्ज क सन्तोष विस्ट, इटहरी सेक्रेटरी क बिरता खड्का लाई २० महिने बच्चा सहित आज साझ गिरफ्तार गरेर वेपत्ता बनाएको छ । बिरता यस अघि दुई पटक गिरफ्तार परेर तारीख लिइरहेको अवस्था मा पुनः गिरफ्तार गर्नुले दलाल सरकारको लोकतान्त्रिक चरीत्र उजागर भएको छ । प्रहरी दमन अन्त्य गर ! गिरफ्तार नेता कार्यकर्ता तुरुन्तै रिहाई गर !
रास्ट्रसेवक कर्मचारी , राजनीति गर्ने नेतागन र प्रहरी प्रशासन तिम्रो पनि घर परिवार होला ! तिमी मात्रै आनन्द मानेर नबस ! सबै जनता तिमी जस्तै हुन् । हामी त जनता को राम्रो भए हाम्रो पनि राम्रो हुनेछ भनेर घर परिवार छोडेर क्रान्ति परिवर्तन मा लागेका हौ ! ख्याल गर हामी, हाम्रो परिवार र जनतालाई दुख दिन्छौ भने भोलि देखि तिमी पनि शान्ति सङग बस्न पाउनेछैनौ !
पवन
सेक्रेटरी
नेपाल कम्युनिस्ट पार्टी ,सुनसरी