ठगी आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर पक्राउ

ठगी आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर पक्राउ

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

२६ असार, काठमाडौं । झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेरलाइ प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेकाे छ ।

समिर रिमालले ५४ लाख ठगीको गरेकाे भन्दै प्रहरीमा दर्जानौं उजुरी छ ।  राजेन्द्र महर्जनसहित ११९ जनाले ३ करोड ५५ लाख र सुरेन्द्रप्रसाद मास्केसहित ५ जनाले २२ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए ।

बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको पीडित बताउँछन् ।

माई इन्भेस्टमेन्ट लिमिटेडको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको छैन । कम्पनीमार्फत उनले ४ सय जना व्यक्तिहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

राष्ट्र बैंकको इजाजत समेत नलिइ विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको पाइएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ