थाइल्याण्डमा गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार

थाइल्याण्डमा गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

२६ असार, काठमाडौं ।

दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको एक जना फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।

थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ ।

गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक  र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।

९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।

उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो ।

उनीहरुको उद्दारका लागि पटक पटक गरी एक हजार जना उद्दारकर्ता खटिएका बीबीसीले जनाएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ