नुवाकोटस्थित २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ ।
जलविद्युत् केन्द्रमा आगलागी भएपछि जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको स्थानीयबासी उपेन्द्र मिश्रले जानकारी दिएका छन् ।
आगो लागेपछि नियन्त्रणमा लिने प्रयास भइरहे पनि अवस्था नियन्त्रण बाहिर रहेको बताइएको छ । दमकल लान समस्याा भएपछि आगोलाई ग्यासको प्रयोग गरेर निभाउने कोशिश भइरहेको छ।
गत वर्ष पनि यही जलविद्युत् आयोजना आयोजनामा मुसाले तार काटेपछि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त कुँवरका अनुसार मंगलबार जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline