कुच्चो छोएको भन्दै दलित बच्चालाई कुटपिट गर्ने यी महिला, अन्ततः यसरी पुगिन प्रहरी खोरमा

कुच्चो छोएको भन्दै दलित बच्चालाई कुटपिट गर्ने यी महिला, अन्ततः यसरी पुगिन प्रहरी खोरमा

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

२६ असार,पर्वत । बाथरुमको कुचो छोएको भन्दै बच्चालाई कुटपिट गर्ने एक महिला प्रहरी खोरमा पुगेकी छन् । उनलाई जतीय विभेदको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पटकपटक दलितमाथि विभेद गर्दै आएकी पर्वतको फलेवास नगरपालिका–८ ठानामौला निवासी मिना कुवँरले कुचो छोएको निहुँमा बच्चालाई निर्घात कुटपिट गरेपछि पीडित बच्चाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले मिनालाई असार २४ गते पक्राउ गरेको छ ।

डेरामा बसेर कस्मेटिक पसल संचालन गरिरहेकी मिनाले लामो समयदेखि आफूमाथि जातीय विभेद गर्दै आएको स्थानीय मनिसा रसाईली बिक बताउँछिन् । धेरैपटक सहेको तर कुचो छोएको निहुँमा बच्चालाई नै निर्घात कुटपिट गरेपछि उजुरी दिन बाध्य भएको मनिसाले बताइन् ।

“धेरै पटक सहियो तर अहिले अपशब्द प्रयोग र गालीबेइज्जत गर्दै बच्चालाई नै कुटपिट गरेपछि उजुरी दिन बाध्य भएँ” मनिसाले भनिन् । मिनाले अाफू बारीमा काम गरिरहेको बेला बच्चाले समान छोएको भन्दै कुटपिट गर्नुको साथै सामाजिक र व्यक्तिगत प्रतिस्ठामा अाघात पुग्नेगरी दुर्व्यवाहार र जातीय विभेद गरेको मनिसाले उजुरीमा बताएकी छन् । मिनाले लामो समयदेखि विभेद गर्दै अाएको तर अाफूले एउटै घरमा बसेकोले नराम्रो गर्नु हुँदैन भनेर सहँदै अाएको समेत मसिनाले बताएकी छन् । मिना र मनिसाको परिवार एउटै घरमा भाडामा बस्दै आएका छन् ।

सुरुमा मिनाले जातीय विभेद गरेको उजुरी प्रहरीले दर्ता गर्न आनाकानी गर्दै आएको थियो । दलित अगुवा सुरु सुनारको नेतृत्वमा काठमाडौँबाट गएको टोलीको दबाबपछि मात्रै प्रहरीले असार २१ गते प्रहरीले उजुरी दर्ता गरेको थियो ।

मनिसाले दिएको किटानी जाहेरीका आधारमा २४ गते मिनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको पर्वत प्रहरीले बताएको छ । प्रहरीले मिनालाई जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

पीडकलाई जातीय भेदभाव तथा छुवाछुत (कुसुर र सजाय) ऐन २०६८ को आधारमा कारवाही चलाउने तयारी प्रहरीले गरेको छ । पर्वतमा २०६८ साल यता जातीय छुवाछुतबिरुद्ध एउटा पनि उजुरी परेको थिएन् । मिनाले जातीय विभेद गरेको ठहर भएमा एक वर्षदेखि ३ वर्षसम्म जेल सजाय र एक हजारदेखि २५ हजार जरिवाना हुन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ